अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयबाट बिदा भएर सिधै बालुवाटार पुगेका अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा बामदेव गौतमलाई पठाउने नेकपाले निर्णय गरेपछि उनले बाध्य भएर राजीनामा दिएका हुन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था अनुसार फागुनमा पुनः मन्त्री नियुक्त भएका खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा आज बिदा भएका छन ।

मन्त्रालयबाट बिदाइ भइरहदा डा. खतिवडाले चूनौतीपूर्ण अवस्थामा महत्वपुर्ण मन्त्रालयकाे जिम्मेवारी सम्हालेको तर पनि सफल भएको प्रतिक्रिया दिएका छन् ।