
पाेखरा, १९ भदाै । नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश कमिटी आज पोखरामा गठन भएको छ । गण्डकी प्रदेश संयोजकमा दीपेन्द्र शर्मा चयन भएका छन् ।
नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एशोसिएसनले संस्थाको सेवा संजाल विस्तार गर्ने क्रममा गण्डकी प्रदेश कमिटी गठन गरेको बताइएको छ ।
आज गठन भएको गण्डकी प्रदेश कमिटीको संयोजकमा एनआईसी एशिया बैंकका दीपेन्द्र शर्मा निर्विरोध चयन भएका हुन । संयोजक शर्मा एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख हुन । आज चयन भएका सबै विभिन्न बैंकका प्रदेश प्रमुख छन ।
नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेशको सहसंयोजकमा सानिमा बैंकका भावुक तण्डुकार, सदस्य सचिवमा सिभिल बैंकका समिर केसी चयन भएका छन् । सदस्यहरुमा राष्ट्रिय वाणिज्य बैंकका ऋषिराम ढकाल, प्राईम कमर्सियल बैंंकका सूर्यप्रसाद तिवारी, एनसिसि बैंकका सुमन आचार्य र प्रभु बैंकका शान्ति शेरचन चयन भएको नवगठित नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश संयोजक दीपेन्द्र शर्माले सफल आवाजलाई बताए ।
आज गठित गण्डकी प्रदेश कमिटीलाई केन्द्रले स्वीकृती दिएको छ । यस क्षेत्रका सबै वाणिज्य बैंकका प्रदेश प्रमुखलाई संस्थामा आवद्ध गराउने र गण्डकी प्रदेश क्षेत्रको वित्तिय गतिविधिबाट संस्थालाई परिचित गराउने पहिलो लक्ष्य रहेको संयोजक शर्माले बताए ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



