
काठमाडौं, २० भदौ । बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.ले म्याग्दीमा केन्द्रीय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ ।
सिवाईसीले शालीग्रामलाई प्राप्ती गर्ने सम्वन्धी समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रीय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।
प्राप्ती गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ती र विलय सम्वन्धी नियमावली २०७३ चौथो संशोधन, २०७५ को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा शनिबार भदौ २० गतेदेखि ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.राख्ने उल्लेख छ । हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ ।
प्राप्ती पश्चात एकिकृत संस्थाको संस्थापक शेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजीको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रीको लागि निष्कासन गरे पश्चात चुक्ता पूूँजि १२ करोड ५१ लाख कायम हुनेछ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



