दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने २ अर्ब ७८ करोड माथि

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौ, २१ भदौ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.४५ अंकले घटेर नेप्से परिसूचक १ हजार ४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.५४ अंकले ओरालो लागेको छ । दिनभर भएका १९१ कम्पनीको ३४ हजार ८ सय ७३ कारोबारबाट ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८ सय ८७ रुपैयाँ पुगेको छ ।