
चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि पनि निर्वाचनबाट ५० प्रतिशत बढी मतदाताको मत प्राप्त गरेर देशको पहिलो पार्टी भएर सरकारमा आउने ठोकुवा गरेका छन् । आजबाट चितवनमा सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई संवोधन गर्दै ओलीले आगामी निर्वाचनमा पनि पहिलो पार्टी बन्ने र सरकारको नेतृत्वमा जाने ठोकुवा गरेका हुन ।
नेकपा एमाले खाटमा बसेर तास फिटेर बस्ने पार्टी होईन, देशप्रति अपनत्व बोकेको, देशवासीको सुखको लागि अगाडी बढेको पार्टी भएकोले भविष्य उज्ज्वल बनाउने लक्ष्यमा लागेको बताए । अब हामीले दिनहरु मात्रै पर्खिनु पर्नेछ किनभने आगामी स्थानिय निर्वाचन वा त्यसपछिको प्रदेश, संघीय निर्वाचनमा अत्याधिक मत प्राप्त गरी पहिलो पार्टी एमाले नै बन्छ र सरकारको नेतृत्व पनि गर्छ ।
एमालेको देश बनाउने बाहेकको अर्को कुनै सपना छैन । हामीले भारतले मिचेको जमिन फिर्ता गरि छाड्ने अठोट लिएका छौं । हामीले हाम्रो भूभागको रक्षाका लागि भारतसंग मित्रवत् व्यवहारले काम अगाडी बढाएका छाै ।
संवोधनको क्रममा ओलीले विज्ञानमा आधारित विकास नेपालमा गर्न चाहेको बताए । अन्तराष्ट्रिय क्षेत्रमा नेपालका आकांक्षाहरु लैजान चाहन्छौं, विश्व सहकार्य आवस्यक रहेकोमा उनले जोड दिए । विकास, पूर्वाधार र विज्ञानको विकासको लागि, वातावरणीय सन्तुलन कायम राख्न विश्वमा सहकार्य आवस्यक भएकोमा उनले जोड दिए । उनले भने, कोहि भोको नहोस्, शिक्षाबाट बन्चित नहोस्, गास, बास र कपास सबैले पाउनु पर्ने विश्वको साझा मुद्धा भएकोले आफुहरु विश्वसंग हातमालो गरेर अगाडी बढ्न चाहेको बताए ।
सबै आन्दोलनको सशक्त हिस्सा बनेर यहाँसम्म आएको एमाले देशमा र जनतामा सकारात्मक परिवर्तन ल्याउन, लोकतन्त्र, सामाजिक न्याय, समानताका लागि, एकताका लागि, समृद्ध नेपाल र सुखि नेपालीको भविष्य निर्माणको लागि चाहिएको छ भने ।
नेपाली जनताका लागि बनाएको संविधान औचित्यको आधारमा संशोधन गर्न सकिने बताउँदै अध्यक्ष ओलीलेले आवस्यक संशोधन हुन सक्छ भन्ने मान्यता जिवित रहेको बताए । हामीले हिंसात्मक तथा विखण्डका नीतिहरुमा लागेकालाई शान्तिपूर्ण आन्दोलनमा ल्यायौं, उनले भने अब नेपालमा हिंसात्मक समूह छैन । नेपाल शान्तिपूर्ण वातावरणमा रहेको छ । कुनै खालको पृथकतावाद छैन ।
नेपाल बनाउनका लागि लगानीकर्ताहरु देशी वा विदेशीलाई उचित वातावरण अहिले नेपालमा बनेकोले लगानी गर्न उनले आग्रह गरे । मुलुकमा लोकतन्त्र स्थापित भईसकेका र संंरचना पनि तयार भएकोले अबको समस्या शान्तिपूर्ण वातावरणलाई कायम राखेर राष्ट्रिय एकता कायम गर्दै समृद्ध नेपाल सुखि नेपाली बनाउने मुख्य आवस्यकक्ता भएको भन्दै पुनः सो कुरालाई दाेरोर्याए ।
विगतमा चीनसंग पारवहन सन्धि गरेर बाटा, नाका खोलेर भूजडित अवस्थामा लग्यौं । नेपालको अवधारणा विकास गरेर समुद्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो भन्याै हाे पनि । हामीले सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाउन सक्यौैं । अब अन्तरिक्षबाट, सेटेलाईटबाट काम गर्नेछौं उनले भने । अन्तरिक्षमा हाम्रो मार्ग नभएकोले अरुले ओगेटेको बाटो लिएर भएपनि त्यहाँ हाम्रो दावि र अस्तित्व छ भने । उनले जलमार्ग, नदीका मार्गका बारेमा भारतसंग छलफल भईरहेकोले जलमार्ग पनि चल्ने र रेलमार्ग पनि चल्ने स्मरण गराए ।
अध्यक्ष ओलीले सरकारको बारेमा केहि भन्नु छैन भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा मञ्चमा बसेको बेलामा टिप्पणी गर्दिन भने किनकी उहाँ पाहुना भएकाे बताए । ओलीले भने उहाँलाई सरकारमा गाह्रो छ । मेरो खुट्टा तान्नेहरुले अहिले नै उहाँको खुट्टा समाईरहेका छन् ।
आगामी निर्वाचनमा ५० प्रतिशत बढी मतले एमालेले निर्वाचनमा जीत हाँसिल गर्नेछ । मेरो धन्यवाद छ, ओलीले भने अहिले देशभरबाट एमालेमा दैनिक प्रवेश भईरहेको अवस्था छ । फागुनसम्म देशभर पार्टी प्रवेश चल्छ । सो अवसरमा उनले सबैलाई पूर्वाग्रह त्यागेर एमालेमा समाहित हुन आग्रह गरे ।
समारोहमा उनले ओम भूर्वश्व मन्त्र वाचन गरेर सूर्यले उज्यालो दुनियाँलाई दिए जस्तै एमालेमा समाहित भएर जनतालाई उज्यालो दिने पार्टीमा आउन सबैलाई आग्रह गरे । नेपालबाट गरिबी हटाउन एमालेको सूर्यले उज्यालो दिनेछ । एमालेमाथिका प्रहारहरु सूर्यअंकित झण्डाले रोक्ने छन् उनले भने ।
सामाजिक न्याय, समानता, विकास र समतामूलक समाज निर्माणको लागि । यो देश बनाउने संकल्प छ । नीति स्पष्ट छन् । प्रवेशको लहर चलेको छ । कसैले हतियार उठाए, कसैले उठाउन लगाए । मान्छेलाई वलिदानमा होम्याए । नेपालको सामाजिक परिवर्तनको नाममा विभिन्न अभ्यास भए । आन्दोलनका घाईतेहरुको आँशु पुछ्न बाँकी रहेको बताए । अहिलेसम्म पनि घाउ आलै छन् । प्रचण्ड जीको नेतृत्वमा शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न ? किन घाईतेको उपचार हुन्न ? अनि मन परेका मान्छेलाई १०, १० हजार बाढ्ने यसरी पनि हुन्छ ? हिजो आन्दोलनमा घाईते भएकाहरुको, अंगभंग भएकाहरुलाई खै हेरेको ? खै लडाकुका समस्या समाधान गरेको ? उनले प्रश्न गरे ।
ओलीले महाधिवेशनपछि दशौं हजार पूर्व लडाकुहरु एमालेमा आउन तयार रहेको बताए । के का लागि वलिदान गर्नुभयो ? कस्लाई मेयर बनाईयो, कसलाई मन्त्री बनाईयो ? देख्नु भो नि । बर्हिगमित लडाकुले के फाईदा पाए ? उनले लडाकुहरुलाई भने एमाले तपाँईको पार्टीे हो । गल्तिले हिजो भ्रमले अलमलमा पर्नुभयो अब त्यसो गर्न पर्दैन ।
संवोधनको क्रममा ओलीले हामी शान्तिका पक्षधर भएकाे बताउँदै शान्ति प्रक्रिया टुंग्याउनु पर्छ भन्ने पक्षमा रहेका बताए । तर यसका लागि प्रधानमन्त्री देउवाले चाहे पनि त्यहाँ भएका केहि तत्वहरुको कारण काम गर्न नसक्ने दावि गरे । अध्यक्षा ओलीले १० औं महाधिवेशनबाट एकताकासाथ नेतृत्व चयन हुने र मंसिर १३ गते सार्वजनिक गरिने साे अवसरमा बताए ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



