सिभिल र सपाेर्टकाे शेयर नेप्सेमा सूचिकृत

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदौं । नेप्से मा मंगलवार सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ। सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वापतको ५७ हजार ५७ कित्ता र सपोर्ट लघुवित्तले १० प्रतिशत बोनस शेयर वापतको ६० हजार कित्ता शेयर सूचीकृत गराएका हुन ।

सूचीकृत भएको दोस्रो दिनदेखि यो शेयर कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयर कारोबार गर्न सक्नेछन् ।