साढे दुई अर्बको शेयर कारोबार, नेप्से परिसूचक १३ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ भदौ । बुधबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । बैंकिङ र विकास बैंक उपसमूहबाहेकका सबै उपसमूहमा हरियाली छाउदा बुधबार शेयर कारोबार मापक परिसूचक नेप्से पुनः १५ सय अंक माथि उक्लिएको छ । सूचकसँगै कारोबारमा बढोत्तरी भएको बजारमा साढे दुई अर्ब बढीको शेयर किनबेच भएको छ ।

कूल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँको कारोबार भएकोे छ ।