काठमाडौंमा सवारीसाधनमा जोरविजोर लागू, १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात चल्ने

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित




काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । काठमाडौं, भक्तपुर ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरे सँगै निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट क्षमता भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने भएका छन् । याे नियम मालवाहक ढुवानीका साधनमा भने लागु हुने छैन ।

भाडाका ट्याक्सीकाे हकमा चालकसहित ३ जना र परिवार भित्रका ५ वर्ष मुनीका २ जना बालबालिका सहित चलाउन पाइनेछ । सार्वजनिक सवारी  साधनमा मापदण्ड अनुरूप सामाजिक दुरी कायम गर्दै एक लहरमा एक जना गरी कुल सिट संख्याको आधा मात्र बस्ने व्यवस्था मिलाइ सञ्चालन गर्न पाइनेछ ।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा भएकाे कडा निषेधाज्ञामा अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएकोमा १७ गतेदेखि भने निर्माण सामग्रीका पसल, टेक अवे र होम डेलिभरी पनि सञ्चालन गर्न दिइएको थियो । पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा स्वास्थ्य मागदण्डकाे पालना गरि निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

निर्णयकाे पूर्ण विवरण :