
काठमाडौं, भदौ २५ । काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई केहि खुकुलो बनाएसंगै बजार चलायमान भएको छ । बिहीबार सडकमा प्रशासनको आदेश अनुसार जोरबिजोर प्रणालीको आधारमा सवारी साधन गुडे भने तोकिएको समयमा व्यापार व्यवसाय सञ्चालनमा आए । प्रशासनले तोकेको सुरक्षाविधि अपनाउदै मानिसहरु आआफ्नो काममा निस्केका देखिन्थे । सुरक्षाकर्मीले पनि मानिसहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर हिड्न अनुरोध गरिरहेका थिए ।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको आदेश केही खुकुलो बनाइएपछि बिहीबारबाट बजार, कलकारखाना, उद्योग तथा व्यवसाय खुल्न थालेका हुन । योसंगै आर्थिक मारमा परेका उद्योगी व्यवसायीले राहतको महसुस गर्न थालेका छन् ।

सरकारले कारोनाको संक्रमणलाई सङ्क्रमण रोक्न गएको चैत ११ गते लागु गरेको बन्दाबन्दीपछि झण्डै ६ महिना मुलुकको आर्थिक क्षेत्र ठप्प थियो । साउन ६ गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड–१९ को सङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरेर निषेधाज्ञाको आदेश जारी गर्दै आएका थिए । कतिपय जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा कायमै रहेको छ । अर्थ व्यवस्था चौपटक भएको भन्दै व्यवसायीले निषेधाज्ञाको विकल्प खोज्न र व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै आएका थिए ।
निषेधाज्ञा जारी गरिएपछि पनि त्यसपछिका दिनहरुमा आशा गरे अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसंग समन्वय गर्दै निषेधाज्ञालाई केही खुकुलो पार्दै आम जनतालाई स्वास्थ्य सुरक्षाका उपायहरुलाई अपनाउन र सचेत रहन आग्रह गर्दै आएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, कोरोनाको संक्रमणको जोखिमको कारण निषेधाज्ञा लगाउनु परेको हो । त्यसैको कारण जनजीवन प्रभावित भयो । हामीले आदेशलाई केही खुकुलो बनायौं । यसले आर्थिक क्षेत्रलाई सहजीकरण गरेको हामीले ठानेका छौं, उनले भने । सबै आफैँ सचेत बन्नुपर्छ, यसको विकल्प पनि छैन । त्यसैले सबैले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्नुपर्छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो पारिएको आदेश भएपछि व्यापार, व्यवसाय प्रशासनले तोकेको समयमा खुलेको देखियो । उपत्यकाका प्रमुख वजारका व्यापार व्यवसाय खुलेका थिए । तर सोचे अनुरुपको व्यापार भने नभएको व्यवसायीले बताएका छन् ।
यातायातका साधनहरु सडकमा गुड्न थालेकाले सुनसान भएको वातावरण चलायमान भएको र रौनकता थपिएको देखिएको छ । भदौ ३१ गते राति १२ बजेसम्मका लागि लागू गरिएको खुकुलो आदेशपछि श्रम क्षेत्रका मजदुरहरुमा समेत खुसी थपिएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



