
काठमाडौं, २६ भदौ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले संस्थागत परामर्श सेवा दिने अनुमति प्राप्त मर्चेन्ट बैंकरहरुका लागि नयाँ निर्देशन जारी गरेको छ । मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाउने लक्ष्य अनुरुप बोर्डले नयाँ निर्देशन जारी गरेको हो ।
अबदेखि मर्चेन्ट बैंकरको कार्यालयमा परामर्श सेवा दिनका लागि मानव संशाधन विभाग बलियो हुनुपर्नेछ । योग्य व्यक्ति हुनुपर्ने, भेञ्चर क्यापिटललगायत धेरै विषयमा परामर्श दिनका लागि भौतिक पूर्वाधार समेत बनाउनुपर्नेछ । बोर्डले मर्चेन्ट बैंकर्सको प्रशासनिक विनियमावली, कर्पोरेट एडभाइजरी पोलिसी, कर्मचारी आचारसंहिता लगायत नीतिगत सुधार गर्नुपर्नेमा समेत स्पष्ट निर्देशन दिएको बताइएको छ ।
यस्तै संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा सञ्चालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि बनाउन बोर्डले निर्देशन दिएको जारी सुचनामा उल्लेख गरिएको छ । अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरले तोकिएको संरचना ६ महिनाभित्र तयार पारिसक्नुपर्ने जनाइएको छ ।
संस्थामा आगन्तुक प्रतिक्षालय, ग्राहक सेवा, भण्डारण, सूचना प्रविधि सहित व्यवसाय सञ्चालन सम्बन्धी कार्य सञ्चालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा एक हजार वर्ग फिटको कार्यालय बनाउन भनिएको छ । कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने जनाइएको छ ।
सम्पूर्ण रुपमा सूचना प्रविधिको व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । यसैगरी प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र, वाणिज्य, वित्त, लेखा, व्यवस्थापन, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने नयाँ व्यवस्था गको छ ।
बोर्डका अनुसार अनुपालना अधिकृत अर्थशास्त्र, वाणिज्य, वित्त, लेखा,व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने राससको समाचारमा जनाइएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



