काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७७ जारी गरेको छ । आइतबार तयार पारी सोमबार विहान राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ सार्वजनिक गरेको हो ।
एकीकृत निर्देशन, २०७६ र सो पश्चात २०७७ भदौ २३ सम्म जारी भएका परिपत्र÷निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेरे एकीकृत निर्देशन–२०७७ जारी गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।
निर्देशन अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै समयमा पनि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नु पर्नेछ । साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले पुँजीकोषको विवरण प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गरी आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराई यस बैंकको रिपोर्टिङ पोर्टल मार्पmत प्रत्येक महिना समाप्त भएको १५ दिन भित्र पठाई सक्नु पर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याउनु पर्नेछ । प्रभावकारी जोखिम व्यवस्थापनका लागि संस्थाको सम्पूर्ण क्षेत्र समेट्ने गरी पूर्ण एवम् एकीकृत पद्धति अनुशरण गर्नु पर्नेछ । संस्थागत सुशासन र सुदृढ जोखिम व्यवस्थापन बीच प्रभावकारी सम्बन्ध स्थापित हुने गरी जोखिम व्यवस्थापन प्रति संस्थाले पूर्ण प्रतिवद्धता ब्यक्त गर्नु पर्नेछ ।
पदको दुरुपयोग गर्न नहुने व्यवस्था पनि निर्देशनमा उल्लेख छ । सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन ।
परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोबारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन ।
यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरूले अब नायब प्रमुख कार्यकारी अधिकृत नियुक्ति वा पदोन्नतिका लागि सिफारिस समिति गठन गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो । सिफारिस समितिको अध्यक्ष भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै हुने उल्लेख गरिएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था थियो । अब भने समिति नै गठन गर्नुपर्ने भएको छ ।
‘नायब कार्यकारी प्रमुख पदमा बढुवा वा नयाँ पदपूर्ति प्रक्रियाबाट नियुक्ति गर्दा कार्यकारी प्रमुखको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा समितिले गर्नुपर्नेछ’ संशोधित निर्देशनमा भनिएको छ ।
नायब कार्यकारी प्रमुखभन्दा तल्लो तहका कर्मचारीको बढुवा वा नयाँ पदपूर्ति गर्दा भने प्रमुख कार्यकारी अधिकृतको निकटतम तल्लो वरीयताको पदाधिकारीको संयोजकत्वमा गठित पदपूर्ति समितिको सिफारिसमा कार्यकारी प्रमुखले नियुक्ति गर्न सक्ने निर्देशनमा उल्लेख छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



