
काठमाडौं, २९ भदौ । नेपालमा सोमबार १ हजार १ सय ७० जना थप संक्रमित भेटिएका छन् । यो सहित नेपालमा संक्रमित संख्या ५५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ पीसीआर परीक्षणमा १ हजार १ सय ७० जना संक्रमित थप भएको जनाएका हुन् ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ५५ हजार २ सय १९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ छ ।
गएको २४ घण्टामा थप ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोनाबाट निको हुने कुल संख्या ३९ हजार ५ सय ७६ जना छन् । निको हुने ७१.५ प्रतिशत रहेको छ ।
प्रवक्ता प्राडा गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना रहेका छन् । आइसीयूमा १७९ जना र भेन्टिलेटरमा २९ जना बिरामीको उपचार भइरहेको छ ।
देशका ७७ जिल्लामध्ये ७–७ जिल्ला ५ सय संक्रमित र शून्य संक्रमित छन् । ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही छन्। यस्तै, सोलुखुम्बु, मुस्ताङ, मनाङ, म्याग्दी डोल्पा, हुम्ला र मुगुमा संक्रमित शून्य छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारकाे नियमित प्रेस ब्रिफिङमा मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट, मनाेराेग बिशेषज्ञ डा अनन्त अधिकारीले मानसिक राेग लाग्नुकाे कारण र यसकाे निराकरणका उपायका बारेमा जानकारी गराएका थिए ।
काेराेना संक्रमणकाे याे अवस्थामा शारिरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य प्रती सचेत रहन उनले आग्रह गरे।सकारात्मक साेचकाे बिकास गर्दै अघी बढ्नुपर्ने र आत्मबल बढाउनुपर्ने डा अधिकारीले प्रेस ब्रिफिङमा स्पस्ट पारेका थिए ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



