
गुगल तस्वीर
कैलाली , ३० भदौ । कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ । करिब दुई दशकदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य शुरु गरिएको उक्त टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको हो ।
डल्फिन संरक्षणको इतिहासलाई सधैंँभरि जीवन्त राख्न डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानीय संरक्षणकर्मी जुटेका छन । संरक्षणको शङ्खफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन ।
भजनी नगरपालिका–३, वडा नं ८ र टीकापुर नगरपालिका–७ को पथरैया र काँढा नदीको सङ्गम स्थान भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिन स्तम्भ निर्माण गरिने संरक्षण नेपालका महसचिव जयप्रसाद ढुङ्गानाले बताए ।
पर्यटकीय हिसाबले डल्फिन क्षेत्रको प्रचारप्रसार भए पनि संरक्षणको उद्गम गाउँ ओझेलमा परेको महसुस गरिएको भन्दै महासचिव ढङ्गानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रुपमा चिनाउने उद्देश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।
डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएपनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ, उनले भने, यसको लागि सरकारी, गैह्रसरकारी सङ्घ संस्थासँग समन्वय गरिने भएको छ । यदी भएन भने जनस्तरबाटै भए पनि स्तम्भ निर्माण गरिने छ ।
डल्फिन स्तम्भ निर्माणका लागि स्थानीय संरक्षणकर्मी नेत्र देउवाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । दुई दशक पहिलेदेखि डल्फिनको संरक्षण र सम्बद्र्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ गुलेली बाजे हुन । त्यस क्षेत्रको नेतृत्व र अगुवाइमा सयाैं संरक्षणकर्मीको सहभागितामा संरक्षणको अभियान शुरु गरिएको राससले लेखेको छ ।
डल्फिन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ । राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिनमैत्री तटबन्धको काम समेत गरिसकेको छ । डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटक पनि टीकापुर सर्किटबाट बढी आउने गरेका बताईएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



