नयाँ नेपाल र सारथी लघुवित्त एक आपसमा गाभिए, एकिकृत कारोबार ५ गतेदेखि

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० भदौं । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गते सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। यी दुई लघुवित्त आपसमा गाभिएपछि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

एकिकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो। यी दुबै लघुवित्तले आ–आफ्नो विशेष साधारण सभामार्फत १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।

सारथी लघुवित्त नेप्सेमा सूचीकृत नभएको एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्तको हो। दुबै लघुवित्त बिच २०७६ माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय धुलिखेल नगरपालिका काभ्रेमा रहनेछ।