
पाेखरा, १ असाेज। वैदेशिक शिक्षाका लागि विश्वका विभिन्न देशमा अध्ध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि कोभिड १९ ले ठूलाे असर पारेको छ । नेपालबाट विभिन्न विदेशी विश्वविद्यालय तथा कलेजहरुमा नेपाली विद्यार्थी वर्षेनी ५० हजारको हाराहारीमा जाने गर्छन । लकडाउन हुनुपूर्व फागुनको अन्तिम सातादेखि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाले एनओसी बन्द गरेपछि विदेश अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थीहरुको अवरुद्ध आवदेन तथा भर्ना प्रक्रिया अब भने सुचारु हुने भएको छ ।
शिक्षा मन्त्रालयको एनओसी शाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थीले विदेश अध्ययन गर्न जाने अनुमति लिएको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा ३६ हजार ३ सय २४, जापानमा ८ हजार ५ सय २३, साइप्रसमा २ हजार ३ सय २, इन्डियामा २ हजार ५९, चीनमा १ हजार ८ सय ८१, क्यानाडामा १ हजार ६ सय ७१, अमेरिकामा १ हजार ४ सय ९१, न्युजिल्याण्डमा १ हजार ३ सय ८५, दक्षिण कोरियामा १ हजार १ सय ९८ तथा युनाइटेड अरबमा ८ सय ४१ जनाले वैदेशिक शिक्षाको लागि अनुमति लिएको रेकर्ड छ। सबै एनओसी लिने विद्यार्थीहरुले वैदेशिक अध्ययनको बाटो तय गरे नै भन्न भने मिल्दैन ।
विभिन्न राष्ट्रमा फरक-फरक भिसा आवेदन प्रक्रिया हुने हुँदा एनओसी लिने वित्तिकै विद्यार्थीले अध्ययनका लागि भिषा प्राप्त गरि हाल्छन् भन्ने हुँदैन । एनओसी विशेष गरि विदेशस्थित विश्वविद्यालय तथा कलेजमा बैंकबाट शुल्क पठाउने आवश्यक कागजात हो । कतिपय देशले भिषा स्वीकृत गरेपछि मात्र ट्युसन शुल्क बुझाउनुपर्ने प्रावधान राखेका हुन्छन् ।
कतिपय राष्ट्रले भिषा आवेदन प्रेषित गर्नु अगाबै ट्युसन फि बुझाएको प्रमाण पेश गर्नुपर्ने प्रावधान राखेका हुन्छन् । यसरी हेर्दा कुल विद्यार्थी संख्या ६३ हजार २ सय ५९ जनामा सरदर १० प्रतिशतको भिषा प्रक्रिया सफल नहुँदा पनि नेपालबाट विदेश जाने विद्यार्थीको संख्या गतवर्ष ५० हजार भन्दा माथि नै रहेको अनुमान लगाउन सकिन्छ । कोभिड १९ का कारण जारी गरिएको लकडाउनका कारण अबरुद्ध विद्यार्थीको भिषा आवेदनका लागि आवश्यक सेवाहरुको अवस्था अहिले नेपालमा कस्तो छ त ? यो विषय आमविद्यार्थी तथा अभिभावकका लागि रुचिको विषय बनेको छ ।
नेपालबाट विदेश अध्ययन गर्न जानका लागि चार संस्थाहरुको सेवा अवाश्यक पर्दछ । जसमा नेपाल सरकारको शिक्षा मन्त्रालयअन्तर्गतको एनओसी शाखा, सम्बन्धित राष्ट्रको विद्यार्थी भिसा आवदेन प्रोसेस गर्ने संस्था, भाषा परिक्षा संचालन गर्ने संस्था, र स्वास्थ्य परिक्षण गर्न तोकिएका संस्था पर्दछन् ।
शिक्षा मन्त्रालयको एनओसी शाखा
नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत संचालित एनओसी शाखाले विद्यार्थीहरुलाई आवश्यक पर्ने एनओसीलाई अनलाइन बनाएको छ । अब विद्यार्थीले आफु अध्ययन गर्न जान चाहेको विश्वविद्यालय वा कलेज र राष्ट्रको लागि आफ्नो वैयक्तिक तथा शैक्षिक विवरण www.noc.moest.gov.np मा भरि आवदेन दिन सक्नेछन् । एनओसी प्रोसेस भए नभएको स्टाटस त्यहि पोर्टलमा प्राप्त हुनेछ । यदि स्वीकृत भएमा एनओसी वितरण हुने समय र मिति पनि त्यहि पोर्टलमा प्राप्त हुनेछ । एनओसी आवदेन अस्विकृत भएको अवस्थामा मन्त्रालयले कारण उल्लेख गर्नेछ । यसरी शिक्षा मन्त्रालय अन्तर्गतको एनओसी शाखाको सेवा अहिले सुचारु भइसकेको छ ।
सम्बन्धित राष्ट्रका लागी विद्यार्थी भिषा आवदेन गर्ने संस्था
नेपालका लागि यस्तो संस्थामा भिएफएस ग्लोबल पर्दछ । जसले अष्ट्रेलिया, युके, क्यानडा आदि राष्ट्रहरुको भिसा आवेदन तथा आवेदकको वैयक्तिक विवरण जस्तै फिङगर प्रिन्ट-बायोमेट्रिक संकलन गरेर प्रोसेसिङ गर्दछ । भिएफएस ग्लोबल खोल्ने सम्बन्धमा जिप्रका काठमाडौंले भदौ २५ मा विदेश जाने व्यक्तिहरुलाई आवतजावतमा सहजिकरण गर्न सकिनेछ साथै यसका लागि भिषा सहजिकरण गर्ने निकायहरु (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ भनि थप स्पष्ट पारेको छ । अब आवश्यक सुरक्षाका मापदण्ड पुरा गरेर भिएफएस ग्लोबलले छिट्टै सेवा सुचारु गर्ने घोषणा पनि गरिसकेको छ ।
भाषा परिक्षा सञ्चालन गर्ने संस्था
नेपाल सरकारका प्रशासनिक निकायको पछिल्लो अपडेट अनुसार अब काठमाडौंमा कोरोना संक्रमणको जोखिमका लागि स्वास्थ्य मापदण्ड अपनाएर भाषा परिक्षा (आइएलटीएस, टोफेल, जिआरइ, जिम्याट आदि) हरु संचालन हुने भएका छन् । काठमाडौं बाहेक अन्य शहरहरुमा भने सार्वजनिक यातायात अथवा आन्तरिक हवाइ उडान भए पश्चात् सुचारु हुने भएका छन् ।
विद्यार्थी भिषा वा अन्य भिषाका लागि आवश्यक स्वास्थ्य परिक्षण
भिएफएस सर्भिस खुलिसकेपछि विद्यार्थी भिषा वा अन्य भिषाका लागि आवश्यक पर्ने स्वास्थ्य परिक्षण गर्ने संस्था पनि विस्तारै खोलिने भएका छन् । केहि राष्ट्रले स्वास्थ्य परिक्षणको रिपोर्ट प्रेसित नगरेसम्म प्राप्त आवदेन माथि स्वीकृत दिने गर्दैनन् । यस्तो गर्नेमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, युके, क्यानडा आदि राष्ट्रहरु पर्दछन् ।
केहि गन्तब्य राष्ट्रमा भिषा आवदेनको अवस्था
नेपालबाट विदेश पढ्न जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक सबै सेवाहरु खुलिसकेका र खुल्ने क्रममा रहेको छ । यो अवस्थामा सार्वजनिक यातायात नखुल्दा काठमाडौंदेखि बाहिर रहेका विद्यार्थीहरुले भने अझ केहि समय पर्खिनैपर्ने भएको छ । असोज १ गतेदेखि सार्वजनिक यातायात खोल्ने निर्णयले यसलाई थप सहजता आउने देखिन्छ । विद्यार्थी भिषासँग सम्बन्धित यि सेवाहरु नेपालमा खुलेको भएपनि गन्तब्य राष्ट्रको कोरोना संक्रमणको दरले पनि विद्यार्थीलाई प्रभाव पार्दछ ।
नेपाली विद्यार्थीहरु अधिक संख्यामा जाने गन्तब्य राष्ट्रहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, क्यानडा तथा जापानका लागि भिषा आवेदन तथा अध्यागमनको पछिल्लो अपडेट निम्नानुसार छ ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



