
काठमाडौ, २ असाेज । युट्युब लगायत सामाजिक सञ्जालबाट हुने आम्दानी रकमलाई नेपाल राष्ट्र बैंकले नेपालकाे बैंक खातामा जम्मा गर्न स्वीकृति दिएकाे छ।
नेपाल राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै ई-कमर्स लगायत कारोबारवापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको जनाएकाे हो ।
सूचना प्रविधि सम्बद्ध दक्षता, विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक, व्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकम मान्य हुने भएकाे हाे ।
पहिले सामाजिक सञ्जालबाट आम्दानी भएका रकम धेरै जसो वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् आउने गरेको थियो । याे सूचनापछि सराेकारवाला खुसी भएका छन्।
राष्ट्र बैंकअनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने उल्लेख छ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



