घट्यो सुनको मूल्य, तोलामा ९३ हजार १०० रुपैयाँ

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ असोज । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।