
पाेखरा, ११ असाेज । भारतको प्रतिष्ठित ब्यवसायीक घराना जेके ग्रुपद्धारा संचालित डा. गौरहरि सिंघानिया इन्स्टीच्युट अफ मेनेजमेन्ट एण्ड रिर्सच कानपुर भारत र नोभेल एकेडेमी पोखराको संयुत आयोजनामा छैटौ अन्तराष्ट्रिय एचआर समिट २०२० सम्पन्न भएको छ । विश्वव्यापी फैलिएको कोरोनाका कारण यो सम्मेलन भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।एचआर समिट यही असोज १० गते दिउसो ३ बजेबाट साझ ७ बजेसम्म भएको थियो । एचआर समिटमा नेपाल भारत र अन्य देशका विभिन्न क्षेत्रका २०० भन्दा बढी ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा. गौरहरि सिंगानिया इन्स्टीच्युट अफ मेनेजमेन्ट एण्ड रिर्सचका निर्देशक तथा कार्यक्रमका संरक्षक प्रो.डा. राकेश प्रेमिले स्वागत मन्तव्य राख्दै छैटौ अन्तराष्ट्रिय एचआर समिट २०२० को बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका सहआयोजक नोभेल एकेडेमी पोखराका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले यो अन्तराष्ट्रिय एचआर समिट २०२० नेपालमा गर्नुको उदेश्यमाथी प्रकाश पार्दै आफ्नो भनाइ राखेका थिए ।
सन २०१४ बाट सुरुवात भएको अन्तराष्ट्रिय एचआर समिटकाे मुख्य उदेश्य मानव संसाधनको सुदृढीकरण र मानव पुजीँको विकास गर्नु रहेको बताइएको छ । मानव संसाधन पेशालाई अझ मजबुत बनाउदै आफ्नो कार्यमा दक्ष बनाउनु यसको मुल उदेश्य रहेको बताइएकाे छ । यसबर्ष नेपालबाट पनि विभिन्न क्षेत्रका ४ जना ब्यक्तीहरु र एक संस्थालाई अवार्डमा छनोट गरिएको जनाइएकाे छ ।

जसअन्तर्गत बर्षको युवा ट्यालेन्ट अफ दि इयरका लागी सुर्य नेपालका एसिस्टेन्ट एचआर म्यानेजर संजय अधिकारी छनौट भएका छन । बर्षका एचआर भिजिनरी अफ दि इयर अवार्डका लागी बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक सिए प्रमेश पराजुली छनौट भए । एचआर अर्गनाइजेशन अफ दि इयर अवार्डका लागी डिस होम नेपाल लिमिटेड छनौट भएको छ । एचआर भेट्रान अफ दि इयर अवार्डका लागी शंंकर ग्रुपका उपाध्यक्ष टंक भटराई छनौट भएका छन ।
नोभेल अल्मुनाई अफ दि इयर अवार्डका लागी हिमश्री फुड्सका महाप्रबन्धक सिए अमित थापा छनौट भएकाे कार्यक्रमका सहआयोजक तथा नोभेल एकेडेमी पोखराका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले सफल आवाजलाई बताए ।
छैटौ अन्तराष्ट्रिय एचआर समिट २०२० कार्यक्रममा स्वीजरल्याण्डका डा. मारियो , पुर्वाञ्चल विश्वविधालय डिन डा विजु थपलिया, ओमानका इरफान अलि , भारतका डा. भवानी निगम तथा प्रशन्न कुथे, नेपालबाट शंकर ग्रुपका टंक भटराईले आ–आफ्नो भनाई राखेका थिए । डा. मोनिका श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवेन्द्र जैसवालले धन्यवाद ज्ञापन गरेका थिए ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



