नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका वित्तिय संस्थाहरुको लागि एकिकृत निर्देशन,२०७७ जारी

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागले आज ‘घ’ वर्गका लघुवित्त वित्तिय संस्थाहरुकाे लािग एकिकृत निर्देशन २०७७ जारी गरेको जनाएकाे छ ।

राष्ट्र बैंकले यसअघि जारि गरेकाे निर्देशन, २०७६ तथा त्यसपछि २०७७ असोज ८ गतेसम्म जारी गरिएका परिपत्र र संशोधनहरु एकिकृत गर्न गराउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ काे दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा जारी निर्देशन पत्रमा उल्लेख छ ।

यसअघि, राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०७७ पनि जारी गरेको थियो ।

एकिकृत निर्देशन, २०७७ पूर्ण विवरण :

https://drive.google.com/file/d/1yH9r9Fe-dlzhnlMFx8Y8odboh-M2rel8/view?usp=sharing