दोहोरो अंकले बढ्यो शेयर बजार, ३ अर्ब माथिको कारोबार

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ असोज । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४.१७ अंकले बढेको हो । नेप्से परिसूच्कसँगै कारोबार रकममा समेत राम्रै वृद्धि भएको छ ।
आइतबार ३ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।