
काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार ३७ रुपैयाँ खर्च भएको जनाएको छ ।
२०७६ चैत्र महिनादेखि २०७७ भदौ मसान्तसम्म महानगरले विभिन्न शिर्षकमा उक्त रकम खर्च गरेको महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालद्वारा जारी गरिएकाे खर्चकाे विवरणमा उल्लेख छ ।
महानगरले कोरोना कोषका लागि आन्तरीक कोष शिर्षमा १० करोड छुट्याएको थियो । वडा कार्याहरुबाट राहत वितरणका लागि ५ करोड ७० लाख १० हजार ५३४ रुपैयाँ खर्च गरेको जनाएको छ ।
विभिन्न संघ संस्थालाई केन्द्रबाट राहत सामग्री वितरण २४ लाख ८७ हजार २७८ रहेको छ भने महानगर क्षेत्रभित्र डिसईन्फेक्सन (औषधी छर्किने कार्यक्रम) का लागि १९ लाख ९४ हजार ७३१ रुपैयाँ खर्च भएको जनाएको छ ।
यस्तै, एम्वुलेन्सको सेवा बापत भुक्तानि गरिएको रकम ८ लाख ३७ हजार ५०० छ भने विभिन्न संचार माध्यममा सूचना प्रसारणका लागि २२ लाख २ हजार ७८६ खर्च भएको उल्लेख छ ।
महानगरले कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न सामग्री खरिदका लागि केन्द्रीय स्तरबाट १२ करोड ४२ लाख ९ हजार ३४२ रुपैया आएको बताएको छ । यस्तै कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि वडास्तरमा सामग्री खरिदका लागि ५९ लाख ८७ हजार ६४४ रुपैयाँ खर्च भएको जनाएको छ ।
महानगरबाट धूनिबेसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरणका लागि ३३ लाख अनुदान खर्च भएको र काठमाडौं महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको तथा जनप्रतिनिधिहरुको लागि कोरोना विमा खर्च वापत ११ लाख ८९ हजार २२० खर्च भएको खर्च विवरणामा उल्लेख छ ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



