२३४० निको भएर घर फर्किए,नयाँ १५५१ संक्रमित थपिए

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० असोज । मंंगलबार २ हजार ३४० जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनालाई जितेर सामान्य जीवनमा फर्किनेको संख्या नेपालमा ६७ हजार ५४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ १ हजार ५५१ जनामा संक्रमण पोजेटिभ देखिएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९० हजार ८१४ पुगेको छ । बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा भएको परिक्षण नतिजा अनुसार नयाँ १ हजार ५५१ जनामा संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

आज कोरोना भाइरसलाई जितेर घर फर्किनहरुको संख्या ६७ हजार ५४२ पुगेको छ । बितेको २४ घन्टामा २ हजार ३४० जना निको भएपछि निको हुनेहरु ६७ हजार ५४२ पुगेका हुन । उनिहरुको देशका विभिन्न अस्पतालमा उपचाई भईरहेको थियो ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको डा.गौतमले प्रेस ब्रिफिङमा बताए । उनका अनुसार बितेको २४ घन्टामा ९ जनाले ज्यान गुमाएका छन् । डा.गौतमका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय केसहरु २२ हजार ७०९ वटा मात्र रहेका छन ।