२ अर्ब बढीको हकप्रद सेयर निष्कासन गर्दै एलआईसी नेपाल

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं,  १४ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ अर्ब ३४ करोड भन्दा बढीको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । भदौ १३ गते सोमबार सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको रहेको र त्यसको  ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासनपछि चुक्ता पुँजी बढेर ५ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउनका लागि बीमा समितिद्वारा जारी निर्देशनलाई आत्मसात् गर्दै उक्त रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको बुझिएको छ ।

हकप्रद शेयर जारी गर्ने निर्णय भइसकेको र बीमा समितिबाट उक्त निर्णयको स्वीकृति पाएपछि आगामी साधारण सभाबाट पारित गराएर कम्पनीले  हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ ।