सुनको मूल्य ८ सयले घट्यो

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ असोज । बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ ।आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।