नाडा ईभी एक्सपो २०२२ को टिकटिङ्ग पार्टनर खल्ती: २५% क्यास ब्याक पाइने

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदौ । नाडा ईभी एक्सपो २०२२ को एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा ‘खल्ती’ रहने भएको छ । खल्तीले हालै नाडा ईभी एक्सपो २०२२ को एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको हो । यो साझेदारीपछि अब खल्ती प्रयोगकर्ताले नाडा ईभी एक्सपो २०२२ को  टिकट खल्ती मार्फत किन्न पाउनेछन् ।

खल्तीकी डिजिटल मिडिया कोअर्डिनेटर आकृति शर्माका अनुसार असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको एक्स्पोमा  विद्यार्थीहरुले १५० र अरुले २०० रुपैयाँ तिर्नुपर्ने टिकट शुल्क खल्ती मार्फत् जानेले २५% क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको यस एक्स्पोमा विभिन्न कम्पनिहरूले आफ्नो उत्पादनहरु प्रदर्शन गरी आफ्नो सेवा र योजनाहरुको बारेमा पनि जानकारी गराउनेछन् ।

एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् । साथै ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहने बताइएको छ । एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रिपछिको सेवा एवं बीमाका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन्।

एक्स्पोमा खल्तीको पनि एउटा स्टल रहने रर त्यहाँबाट सहभागीहरूले खल्तीका विभिन्न अफरहरु बारे सम्पूर्ण जानकारी प्राप्त गर्ने साथै खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्ने डिजिटल मिडिया कोअर्डिनेटर शर्माले जानकारी दिइन् ।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामी नाडा ईभी एक्सपो २०२२ सँग एक मात्र  टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गरेर आफ्ना ग्राहकहरुलाई टिकटिङ्गको सुविधा प्रदान गर्न पाउँदा निकै खुशी छौं । हाम्रो टिकट सुविधाले प्रदर्शनी स्थलमा भिडभाड कम गरी आगन्तुकहरूको भ्रमणलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सहज बनाउने कुरामा हामी विश्वस्त छौं । साथै डिजिटल टिकटिङ्गलाई प्रोत्साहन गर्नकालागि २५% क्यास्ब्याक पनि प्रदान गरेका छौं।’

सम्बन्धित समाचार

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

‘नाडा इभि एक्स्पो’ असोज ६ देखि ९ गतेसम्म हुदैं , ४० हजारले अवलोकन गर्ने अपेक्षा

नाडा ईभी एक्सपोमा ४० भन्दा बढी स्टल रहने