
काठमाडौं, १४ असाेज । राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट आजसम्म मात्रै साट्न पाइने भएको बताएकाे छ। शनिबारदेखि लगातार दसैँ बिदा परेकाेले आज अन्तिम दिन नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले हालसम्म १२ अर्बभन्दा बढीको नयाँ नोट राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले लगेको बताए।
नेपालले १० अर्ब बराबरको ठूला बजारमा जानकारी दिए। उनका अनुसार बिहिबारसम्म २२ अर्बको नयाँ नोट बजारमा पठाइएकाे छ ।
एक दिन बाँकी रहेकाेले रु ५० करोड बराबरकाे नयाँ नोट बजारमा जाने नेपालले बताए । यसका साथै उनले ३ अर्ब बराबरको ठूला नोटको माग भएकाे पनि जानकारी दिए ।
नयाँ नोट साट्न पाइने भएपछि राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्समा सर्वसाधारणको भीड लाग्दै आएको छ। राष्ट्र बैंकले गएकाे २९ गतेदेखि दसैँ लक्षित गरेर नयाँ नोट साट्न सुरु गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले असोजकाे पहिलो हप्तादेखि नयाँ नोट साट्न सुरु गरेका थिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




