सप्तरीमा प्रदेश सभासदस्य सहित २७ जनामा सङ्क्रमण

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



सप्तरी, २६ असोज । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण भएकाे छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा काेराेना सङ्क्रमण भएको जानकारी दिएका हुन । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न आग्रह पनि गरेका छन । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनकाे परिक्षण नतिजा पोजेटिभ आएको हाे।

काेराेना संक्रमित यादवले स्वास्थ्य सामान्य रहेको बताएका छन । यादवसंगै अन्य २७ जनामा पनि कोरोना सङ्क्रमण पाेजेटिभ देखिएकाे स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।

यस्तै, तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुषमा संक्रमणा पाेजेटिभ देखिएकाे जिल्ला स्वास्थ्य कार्यालयले बताएकाे छ ।