
काठमाडौं, २७ असोज । आन्तरिक राजश्व विभाग काठमाडौंले २०७७ फागुन मसान्तसम्म कर तथा कर विवरण बुझाएमा छुटको व्यवस्था गरेको जनाएको छ । लामो समयदेखि कर नतिरेका र करदाताले बुझाउनु पर्ने कर, कर विवरण नबुझाएका करदाताहरुलाई जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा गरेको सुविधा लिन अनुरोध गरेको छ ।
विभागले पूर्वको भद्रपुरदेखि पश्चिम दाङसम्मका २९ हजार ४४७ वटा विभिन्न प्रकारका फर्म, व्यवसाय, करदाताको नाम, ठेगाना, फर्म दर्ता मिति लगायतका विवरण सबै प्रकाशमा ल्याएर कर तिर्न अनुरोध गरेको हो ।
विभागका अनुसार आर्थिक ऐन, २०७७ को दफा २१ (३) मा २०७५ साल असार मसान्तसम्मको कर विवरण पेश नगरेका करदाताले आफुले बुझाउनु पर्ने कर विवरण, विवरण अनुसारको कर र त्यसमा लाग्ने ब्याजको पचास प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तभित्र बुझाएमा त्यसमा लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने व्यवस्था छ । समयमै कर विवरण र कर रकम बुझाई उक्त सुविधालाई उपयोग गर्न विभागले अनुरोध गरेको छ ।
कर विवरण नबुझाएका करदाताको सूची यसप्रकार छ :
https://drive.google.com/file/d/1ThROlmO1VZcOz6HnUCUhCgmlXX9Q7uD0/view?usp=sharing






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



