काठमाडौँ, २७ असोज । कोभिड-१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले राय, परामर्श, सुझाव र प्रतिक्रिया दिन अनुराेध गरेकाे छ । समितिले असोजकाे अन्तिमसम्म सुझाव दिएर सहयोग गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको हाे ।
गएकाे साउन २६ मा गरिएकाे निर्णय अनुसार आमसञ्चारमाध्यमहरुको वर्तमान अवस्था, प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनका बारेमा परेको प्रभाव, क्षति न्यूनीकरणका लागि गरिएकाे प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिकाका बारेमा अध्ययन गर्न समिति बनाइएकाे थियाे । यस्तै कोभिड १९ ले पारेकाे प्रभाव, चुनौतीका बारेमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालकाे संयोजकत्वमा समिति गठन भएकाे थियो ।
राज्यकाे नियन्त्रणमा रहेका राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई भने असोज २५ गतेसम्म पत्र पठाई असोजकाे अन्तिमसम्म सुझाव दिन अनुराेध गरिएकाे छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



