
पर्सा, २८ असाेज । पर्सा जिल्लामा किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री लिमिटेड प्रादेशिक कार्यालय तथा साल्ट ट्रेडिङ् कर्पोरेशनले वितरण गर्दै आएको रासायनिक मलमा पारदर्शिता नभएकाले वास्तविक किसानले मल पाउन नसकेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।
ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको भनी जनप्रतिनिधिहरुले आरोप लगाएका हुन।
कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको स्थानीय तहसँगको एकदिने समन्वय गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिले रासायनिक मल वितरण प्रणालीमा पारदर्शिता नहुँदा ठोरी गाउँपालिकालगायतका क्षेत्रसम्म रासायनिक मल नपुगेका कारण यसको प्रत्यक्ष प्रभाव धान खेतीमा पर्न गएको बताएका छन् ।
पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले मल वितरण प्रणालीमा पारदर्शिता नभएको, कसलाई कति मल उपलब्ध गराएको सोबारे जानकारी नभएको आरोप लगाए । तीन तहको सरकारबीच समन्वय नभएको, प्रदेश सरकारअन्तर्गत योजनाहरु भएको, स्थानीय तहलाई रासायनिक मल वितरण गर्न अधिकार नदिएको विषयमा छलफलमा कुरा उठेको थियो ।रासस






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



