पाेखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु

-



     सफल आवाज    
     असाेज २७ गते २०७७ मा प्रकाशित



पाेखरा, २७ असाेज । पाेखरामा मंगलबार थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्युु  हुनेमा लमजुङ वेसिसहर नगरपालिका वडा २ का ५६ वर्षीय पुरूष हुन्।

गत असाेज १८ मा काेराेना पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रकाे आइसियूमा राखेर उपचार गराइरहेका उनकाे मंगलबार दिउँसो ४ बजेर २३ मिनेटमा मृत्यु भएकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। 

पश्चिमाञ्चल अस्पतालमा काेराेनाबाट ज्यान गुमाउने उनी १२ आैं संक्रमित हुन्। याे सहित गण्डकी प्रदेशमा ४१ जना काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ। 

प्रदेशमा पछिल्लो समय काेराेना संक्रमित दर बढ्दाे छ । मंगलबारमात्रै १२९ जना थपिए। कुल संक्रमित संख्या ठीक ५१ सय पुगेकाे छ ।