गण्डकीमा कोरोना संक्रमितको संख्या झण्डै ५२ सय

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



पोखरा, २८ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ५२ सय पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले बुधबार जारी गरेको विज्ञप्ति अनुहारसम्म ५ हजार १ सय ८७ जना कोरोना संक्रमित भइसकेका छन् । तीमध्ये ४५ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ४ सय ५२ निको भइ घर फर्केका छन् ।

बुधबार साँझसम्म गण्डकीमा ८४ जना संक्रमित थपिएका हुन् । तीमध्ये कास्कीका मात्र ४९ जना छन् ।

संक्रमितमध्ये गण्डकी मेडिकल कलेजमा उपचारार्थ आएका ५ जना, चरक ममोरियल अस्पतालमा उपचाररत ५ जना छन् । फेवा सिटी अस्पतालका उपचाररत २ जना छन् ।