भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नेपाल आउने

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन । उनी आगामी कात्तिकमा नेपाल भ्रमणमा आउन लागेका हुन ।

दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको थियाे ।