युरोपेली सङ्घलाई हवाई प्रतिबन्ध हटाउन गृहमन्त्री थापाको आग्रह

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडाै‌‌‌, असाेज २९ ।गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना देप्रेजलाइ हवाई प्रतिबन्ध हटाउन आग्रह गरेका छन । पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन गृहमन्त्री थापाले आग्रह गरेका हुन ।

मन्त्रालयमा वुधबार भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा राखेकाे बताए ।

भेटमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएका थिए ।

उनले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाएकाे बताइएकाे छ ।