मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडाै‌, २९ असाेज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हाे । उनी हाल घरकै आइसोलेसनमा बसेका छन् ।

यसअघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।