पाेखरा महानगरका कर्मचारीमा काेराेना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



पाेखरा, २९ असाेज । कर्मचारीमा काेराेना संक्रमण देखिएपछि पाेखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।

महागर प्रमुख मानबहादुर जिसीले बिहिवार सूचना जारी गर्दै साे जानकारी दिएका हुन्।

सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएकाे हाे।

महानगरका वडा कार्यालय र विषयगत महाशाखाका कार्यालय भने खुला रहने छन्।