प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ असोज । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५-७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको बताइएको छ ।

२०६४ सालमा दर्ता भै २०७४-०८-२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समिति अध्यक्षमा डा. आत्माराम घिमिरे छन । संचालकहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा,नरेश बहादुर मल्ल र प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन ।