स्याङ्जा जान राेक छैन

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित




पाेखरा, ३० असाेज। काेराेना संक्रमण जाेखिमसँगै दसैंकाे बेलामा स्याङ्जा छिर्न पिसिअार नेगेटिभ रिपोर्ट अनिवार्य नरहेकाे स्पष्ट पारिएकाे छ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार राति सूचना जारी गर्दै यसअघि डीसीसीएमसी र सराेकारवालाकाे बैठकले काेराेना संक्रमण उच्च रहेकाे भारत, तेस्राे मुलुक, काठमाडौ, जाेखिमपूर्ण अन्य स्थानबाट जिल्ला प्रवेश गर्नेलाई यथासम्भव अारटी पिसिअार रिपोर्ट नेगेटिभ हुनुपर्ने अन्यथा क्वारेन्टाइन बस्नुपर्ने भनी अनुराेध गरिएकोमा ताेडमाेेड गरि भ्रामक समाचार सम्प्रेषण भएकाे भन्दै साे अनुराेधमात्र हाे भनिएकाे छ।

तसर्थ सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला अाउजाउ, जिल्लाभित्र प्रवेश गर्न तथा बाहिर जान स्वास्थ्यकाे प्राेटाेकल पालना गरि यातायात संचालन तथा बजार खाेल्न राेकताेक नगरिएको प्रजिअ उमेश बस्नेतले जनाएका छन्।