उदयपुर भदौरेमा भएकाे दुर्घटनामा ५ जनाकाे मृत्यु

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



उदयपुर, २ कात्तिक । उदयपुरको कटारी नगरपालिका १४ स्थित भदौरेमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य तीन जना घाईते भएका छन् । उनिहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

बा २० च ७१७१ नं को स्कारपियो गएराति दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै साढे ८ सय मीटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परेर ओखलढुंगाका राम बहादुर सार्कि र कर्ण बहादुर सार्किको ज्यान गएको छ भने अन्यको सनाखत भएको छैन ।