वडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं,३ कात्तिक । आज वडादसैंको तेस्रो दिन घरघरमा दुर्गा भवानीको पूजा गरेर मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने चलन रहेकाे छ ।

घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपका देवीहरूको पूजा गरिन्छ छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन पनि रहेकाे छ ।