प्रेस काउन्सिलमा आजदेखि अनलाइन उजुरीबाहेक सबै सेवा बन्द

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । प्रेस काउन्सिल नेपालले काेराेनाकाे कहरकाे कारण अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाहहरू आजदेखि बन्द गरेको बताएकाे छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले सूचना जारी गरी काेराेनाकाे सङ्क्रमणको जोखिम बढेकाले अहिलेकाे लागि अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन ।

प्रेस काउन्सिलका चारजना कर्मचारीलाई काेराेना सङ्क्रमण पाेजेटिभ देखिएकाेले अन्यमा पनि सङ्क्रमणको भय भएकाेले दशैँ अगाडि अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएकाे बाेहाेराले जानकारी दिएका छन्।

काउन्सिलद्वारा जारी गरिएकाे सूचनामा, “दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड-१९ को सङ्क्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट काम गर्न भनिएकाे छ ।

अनलाइन उजुरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ”, जारी सूचनामा भनिएको छ । काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई सङ्क्रमण देखिएको बताइएकाे छ ।