काठमाडौं, ३ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका थिए । शर्माले संसदमा सम्बोधन गर्दै आफूले छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका थिए । उनको राजीनामापछि प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार देउवालाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती…
पुरा पढौ