investment

पश्चिम सेती र एसआर ६ आयोजना निर्माणको ठेक्का भारतीय कम्पनी एनएचपीसीलाई

काठमाडौं, २४ साउन । लगानी बोर्ड नेपालले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।बोर्डले गत २३ जेठमा यसका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टका अनुसार सोमबार बसेको बैठकले भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नेसम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगकाे सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजना एनएचपीसीलाई दिन… पुरा पढौ

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता, नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने

काठमाडौं, २८ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । शुक्रबार २ बैंकबीच मर्जरमा जाने (एक आपसमा गाँभिने) सम्झौता भएको हो । हिमालयन बैंकसँग १४ महिनाअगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ । यी २ बैंकको मर्जर भएर औपचारिक रूपमा एकीकृत कारोबारपछि नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ । यी दुवै बैंकको मर्जरले ३४ अर्ब चुक्ता पुँजीको वाणिज्य बैंक बन्ने भएको छ । अहिले चुक्ता… पुरा पढौ

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि २६ अर्ब लगानी स्वीकृत

काठमाडौं, २४ जेठ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि २५.९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५का लागि १६ अर्ब ४५ करोड ९८ लाख र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए । तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन… पुरा पढौ