janardan sharma

जनार्दन शर्माबारे छानविन समितिले गर्‍यो अर्थ मन्त्रालयको निरीक्षण, मगायो कागजात

काठमाडौं, ३० असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। उनले समितिका सदस्यहरूलाई अर्थ मन्त्रालयका प्राविधिकहरूले त्यसबारे आवश्यक जानकारी… पुरा पढौ

तत्काल नयाँ अर्थमन्त्री नियुक्त नगर्ने मूडमा प्रधानमन्त्री, आफैं सम्हाले जिम्मेवारी

काठमाडौं, ३ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका थिए । शर्माले संसदमा सम्बोधन गर्दै आफूले छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका थिए । उनको राजीनामापछि प्रधानमन्त्री देउवाले अर्थमन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार देउवालाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती… पुरा पढौ

वर्षौंदेखि बढिरहेको गरिबीकाे पनि अडिट गराैं : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणमा लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक विमुख हुन नहुने बताए । कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परिक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरूलाई ध्यान दिन उनले आग्रह गरे । ‘जोड गर्नुपर्ने… पुरा पढौ