rajaswo

विदेशी मुद्रा अपचलन अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २४ साउन । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी विषयमा ६९ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले सोमबार नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवासजंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय वृत्त बालाजुको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नवराज ढुंगानालाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरी प्रहरी प्रतिवेदन साथ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो । खानतलासी तथा वार्मादी… पुरा पढौ

२२ करोड राजस्व छली गर्ने २७ जनाविरुद्ध मुद्दा दायर, काे हुन साढे ४४ करोड बिगाे माग भएका गिराेह ?

काठमाडौं, १६ असार । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख… पुरा पढौ

साढे ८ महिनामा २२ अर्बकाे राजस्व छलीका मुद्दा दर्ता गर्न भ्याएका राजश्वका महानिर्देशक पौडेलको किन गरियाे सरुवा ?

काठमाडौं, ३१ जेठ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे ८ महिनामै सरुवा गरिएको छ । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका उनलाई अचानक नै सरुवा गरिएको हो । विभागका महानिर्देशक पौडेलको सोमवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा दायर गरेको थियो । सो अवधिमा विभागले राजस्व चुहावट गर्ने र विदेशी विनिमय अपचलन गर्ने २… पुरा पढौ

राजश्व छली विरुद्धको अनुसन्धान तीव्र : १९ करोड ३४ लाख माग दाबी सहित २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २० वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व छली गर्नेहरूविरुद्धको अनुसन्धानलाई तिव्रता दिएको छ । सोमवार विभागले नक्कली भ्याट बनाएर राजश्व छल्ने २ फर्मका सञ्चालकहरू विरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ । भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमवार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट)… पुरा पढौ