udhyog

फलामको कच्चा पदार्थकाे आयातकर बढेपछि उद्योग मन्त्रालयले पठायाे अर्थलाई पत्र

काठमाडौं, १३ जेठ । उद्योग मन्त्रालयले कर्कटपाता, पाइप, जीआई वायर लगायतका फलामे सामग्रीको कच्चा पदार्थ महँगो भएका विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ। उद्योगले बिहीबार अर्थलाई पत्राचार गर्दै तयारी वस्तुको महसुल बढाएर नेपालका उद्योगको संरक्षण गर्न अनुरोध गरेको हो। उद्योग सचिव अर्जुन पोखरेलका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले फलाम उद्योगको संरक्षणका लागि राजस्व संरचनामा सुधार गर्न आग्रह गरेको थियो। भारतले गत शनिबार मात्र फलामजन्य कच्चा पदार्थको निर्यातमा १५ प्रतिशतसम्म निकासी कर बढाएको… पुरा पढौ

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन उद्योगीको माग

काठमाडौं, २३ वैशाख । नेपाल पेन्ट उद्योग संघले पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाउन नहुने माग गरेको हो । संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा… पुरा पढौ

उद्योगहरूमा विद्युतको सहज आपूर्ति, आजदेखि भनिएको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, २१ वैशाख । विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् अवरुद्ध भएपछि मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन चेतावनी दिएपछि विद्युत् प्राधिकरण सहमतिमा आएको छ । दुई सङ्गठनले मङ्गलबारसम्म पनि लोडसेडिङबारे कुनै समाधान नआए बुधबारदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधान गरेका हुन् । घिसिङले निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्रतिबद्धता जनाउँदै मंगलवारदेखि नै विद्युत् प्रसारण समेत सुचारु गराएका… पुरा पढौ

‘अघोषित लोडशेडिङ’को मारमा परे उद्योगी, प्राधिकरण भन्छ : धैर्य गरौं

काठमाडौं, १९ वैशाख । पछिल्लो समय उद्योगी व्यवसायीहरू ‘अघोषित लोडशेडिङ’को मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायमा विद्युत कटौती गर्दा उद्योगीहरू मारमा परेका हुन् । कोरोना महामारीपछि तंग्रिदै गएको उद्योग व्यवसाय पछिल्ला दिनहरूमा ‘अघोषित लोडशेडिङ’को मार खेप्नुपर्दा बन्द गर्नुपर्ने अवस्था आएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार, अघोषित रूपमा विद्युत कटौती हुँदा रिलायन्स मिलमा मात्रै एक जनालाई एकदिनमा ५० लाख रुपैयाँको घाटा भइरहेको छ । ‘निरन्तरको लोडशेडिङले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नै छैन, कसरी… पुरा पढौ