world bank

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, ३० असार । नेपाल सरकार र विश्व बैंकबीच नेपालमा खानेपानी तथा सरसफाई सेवा सुधारका लागि करिब १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच बुधवार ८ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ जेठ । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ ।बैङ्कले ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालू आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुनेछ जब कि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत वृद्धिदरको लक्ष्य तोकेको छ । दक्षिण एसियाली मुलुकमध्ये यस… पुरा पढौ