गायक कर्णदासलाई मातृशोक

-



     सफल आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित



पोखरा, ४ पुस । गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको मुटुरोगको कारण ७० वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।

स्व. रत्नदेवी दासको आइतबारमात्र पोखरा २७ मा क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको छ । उनी पोखराकी अग्रणी रंगकर्मी हुन् । उनका कर्णदाससहित अरु २ छोरी छन् ।