सभामुख थापालाई कोरोना सङक्रमण

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



सुदूरपश्चिम, ५ पुुस । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।