
काठमाडौं, ७ पुस । अर्थशास्त्री डा कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गरेका छन् । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ बेइजिङमा एक समारोहमा विश्वभरबाट छनोटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कोभिड–१९ का कारण डा शर्मा उपस्थित हुन नसकेपछि अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन । डा शर्माले लामो समयदेखि नेपाल–चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन ।
उक्त अवार्ड प्राप्त गरेपछि डा शर्माले आफू थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत बिस्तारमा योगदान दिने बताए । चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, सांस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा नेपालको सांस्कृतिक, पर्यटकीय र नेपाल–चीन सहकार्य झल्किने भिडियो पनि प्रर्दशन गरिएको थियो ।






काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार…
नयाँ दिल्ली, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव… 



